न्यूह् बज्राचार्यको संगीतमा ‘ए हावा’ सार्वजनिक


Capital Headline
प्रकाशित मिति : शुक्रबार, साउन २ २०८२
2.3K
SHARES

२ साउन काठमाडौं । न्यूह् बज्राचार्यको संगीतमा नयाँ गीत सार्वजनिक भएको छ ।  ‘ए हावा’ बोलको गीतमा आकास केसीको शब्दरचना छ । बानिका प्रधानको स्वर रहेको गीतमा संगीत संयोजन गोपाल रसाइलीले गरेका छन् ।

रुमानी कल्पना र सम्झनाको तरेलीको वरपर गीत केन्द्रित छ ।  गीतको भिडियो पनि निर्माण भएको छ । विक्रम श्रेष्ठले छायांकन गरेको भिडियो सम्पादन अनिल तण्डुकारले गरेका छन् ।