‘जलाकी’को पोस्टर सार्वजनिक


Capital Headline
प्रकाशित मिति : सोमबार, साउन १९ २०८२
2.7K
SHARES

१९ साउन काठमाडौं । चलचित्र ‘जलाकी’को पोस्टर सार्वजनिक भएको छ । निर्माणपक्षले अभिनेता धिरज मगर र उपासना सिंह ठकुरीलाई प्रस्तुत गर्दै दुई पोस्टर सार्वजनिक गरेको हो । अशोक थापामगरले निर्देशन गरेको चलचित्रमा धिर र उपासना मुख्य भूमिकामा छन् । सोनम तोप्देन पनि मुख्य भूमिकामा छन् ।

त्रिकोणात्मक प्रेम कथामा आधारित चलचित्रमा शिल्पा मस्के, माओत्से गुरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, संगीता थापा मगर, राजु रेग्मी मगर, खड्क बहादुर पुन (खबपु) रहेका छन् ।

‘जलाकी’ मगर समुदायको आस्थाको प्रतिकको रूपमा मानिने ढुङगाले बनाएको स्तम्भ हो । रुकुम, रोल्पा, म्याग्दी, बाग्लुङ, पोखराका विभिन्न भूभाग र दक्षिण कोरियामा समेत छायांकन गरिनेछ । चलचित्रले मगर र गुरुङ समुदायको संस्कृतिलाई झल्काउने बताइएको छ ।