‘सिटामोल’को गीत ‘रातो पछ्यौरी’ सार्वजनिक


Capital Headline
प्रकाशित मिति : मंगलबार, साउन २० २०८२
2.6K
SHARES

२० साउन काठमाडौं । चलचित्र ‘सिटामोल’को गीत ‘रातो पछ्यौरी’ सार्वजनिक भएको छ । गीतमा अञ्जना खतिवडा र रवि ओडको स्वर छ । बाबुल गिरीको शब्द, संगीत तथा संगीत संयोजन छ । साउन २३ गतेबाट प्रदर्शनमा आउने चलचित्रमा सौगात मल्ल, बेनिशा हमाल मुख्य भूमिकामा छन् ।

श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भूगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराईको पनि अभिनय छ ।  चलचित्रको कथा प्रदीप भारद्धाज र निर्देशक राजबहादुर सानेले लेखेका छन् ।