तारकेश्वरमा तास खेलिरहेका पाँचजना समातिए


Capital Headline
प्रकाशित मिति : मंगलबार, साउन २७ २०८२
1.2K
SHARES

२७ साउन काठमाडौं । काठमाडौंमा तास खेलिरहेको अवस्थामा प्रहरीले पाँचजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको तादी गाउँपालिका–१ का ३२ वर्षीय विशाल तामाङसहितका व्यक्तिहरू छन् ।

तारकेश्वर नगरपालिका–२, ढकालटारमा जुवातास खेलिरहेको अवस्थामा सोमबार (साउन २६) साँझ उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ । तामाङ ढकालटारमा बस्दै आएका थिए । नगद २८ हजार २०० रुपैयाँ र एक बुक ताससहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।