‘गुन भुलेउ’ गायिका सारिकाको गीत ‘मैना चरी’ सार्वजनिक
२९ साउन काठमाडौं । गायिका सारिका घिमिरेको नयाँ गीत सार्वजनिक भएको छ । ‘मैना चरी…’ बोलको उनको गीत सार्वजनिक भएको हो । गीत महिला स्वतन्त्रताको ‘थिम’मा छ । स्वतन्त्रतापूर्वक जिउन पाउने महिलाको अधिकार हनन् भइरहेको यथार्थ गीतमा सुन्न सकिन्छ ।
गीतमा सारिकाको स्वर छ । शब्द पनि सारिका स्वयंको छ । योगेश काजीको संगीत तथा संगीत संयोजन छ । गीतको भिडियो पनि निर्माण भएको छ । भिडियोमा अभिनय पनि गायिका स्वयंको छ । भिडियो निर्देशन गम्भीर विष्टले गरेका छन् । यसअघि, सारिकाको ‘गुन भुलेउ’ बोलको गीत लोकप्रिय भएको थियो ।