काठमाडौँ प्रहरीमा बैंकिङ कसुर मुद्दाका चाङ


Capital Headline
प्रकाशित मिति : बिहिबार, साउन २९ २०८२
3.2K
SHARES

२९ साउन काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँमा बैंकिङ कसुर मुद्दाका चाङ लागेको छ।  परिसर प्रमुख विश्व अधिकारीका अनुसार बितेको एक वर्षमा दर्ता भएका १२ हजार ९१५ मुद्दामा छ हजार ५५३ मुद्दा बैंकिङ कसुरका छन्।

सहकारी ठगी, अनुचित लेनदेन, विद्युतीय कसुर, साइबर अपराध र अभौतिक मुद्रासम्बन्धी अपराधका घटना बढेका उनले बताए।   परिसरमा दैनिक ३५ मुद्दा दर्ता हुने गरेका छन्। आव २०८०/८१ मा परिसरमा सहकारी ठगीका २६ मुद्दा दर्ता भएका थिए।

आव २०८१/८२ मा ३२ मुद्दा परेका छन्। परिसरमा ज्यानमार्ने उद्योगका १४० मुद्दा दर्ता भएका अधिकारीले जानकारी दिए।