पक्राउ परेका गोर्खाली कांग्रेस महासमिति सदस्य


Capital Headline
प्रकाशित मिति : आइतबार, भाद्र १ २०८२
3.5K
SHARES

१ भदौ काठमाडौँ । आइतबार चन्द्रागिरीस्थित चोभारबाट बैंकिङ्ग कसुर मुद्दामा पक्राउ परेका राजेन्द्रबहादुर गोर्खाली नेपाली कांग्रेसका महासमिति सदस्य हुन् । गोर्खाली सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट कांग्रेस महासमिति सदस्यमा सबैभन्दा बढी मत ल्याएर विजयी भएका थिए ।कांग्रेसको २०७८ सालमा भएको १४ औँ महाधिवेशनमा काठमाडौँबाट सिन्धुपाल्चोकमा क्रियाशील सदस्यता सारेका थिए  । सिन्धुपाल्चोक कांग्रेसका एक नेताका अनुसार उनी जिल्लामा मोहनबहादुर बस्नेत विरोधी खेमामा थिए । भने उनले आफ्नो नेता सभापति शेरबहादुर देउवा भएको बताउने गरेका छन् । गोर्खाली २०७९ सालमा भएको निर्वाचनका लागि नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारमा सिफारिस भएका थिए ।

उनको नाम उम्मेदवारका लागि दोस्रो नम्बरमा सिफारिस भएको थियो । उम्मेदवारका लागि ५ जनाको नाम सिफारिस हुँदा गोर्खालीको २ नम्बरमा सिफारिस भएको थियो ।सूचीको एक नम्बरमा पूर्वराज्यमन्त्री विष्णुविक्रम थापा, तीन नम्बरमा शिव सुनार, ४ नम्बरमा बिलबहादुर तामाङ र पाँच नम्बरमा शंकर लामा उम्मेदवार सिफारिस भएका थिए ।

गोर्खालीलाई काठमाडौँ प्रहरी परिसरको विशेष टोलीले टिकाराम तिवारीलाई दिएको १० करोडको चेक बाउन्स भएको आरोपमा बैंकिङ्ग कसुर मुद्दामा पक्राउ गरेको हो ।जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले गोर्खालीविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट जारी भएके पक्राउ पुर्जीका आधारमा प्रहरी वृत्त थानकोटबाट खटिएको टोलीले पक्राउ गरेको जानकारी रातोपाटीलाई दिए ।काठमाडौँ महानगरपालिका वडा नम्बर–७ मा बस्दै आएका ५५ वर्षीय गोर्खाली यसअघि २०७४ र २०७५ मा पक्राउ परेर छुटेका थिए ।