जुवातास खेलेको आरोपमा भक्तपुरबाट ५ जना पक्राउ
Capital Headline
प्रकाशित मिति :
आइतबार, भाद्र १५ २०८२
1.5K
SHARES
१५ भदौ काठमाडौं । भक्तपुरको सूर्यबिनायक नगरपालिका–१ दधिकोट तर्खालबाट जुवातास खेलेको आरोपमा पाँच जना पक्राउ परेका छन् । तर्खाल बस्ने ४३ वर्षीय सुमन खड्काको घरमा जुवातास खेलिरहेको अवस्थामा सुमन समेत ५ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४१ हजार नेपाली रूपैयाँ, ३ हजार ७ सय भारतीय रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट