गायिका इन्दिरा गोलेको निधन


Capital Headline
प्रकाशित मिति : बुधबार, भाद्र १८ २०८२
1.9K
SHARES

१८ भदौ काठमाडौं । लोक तथा दोहोरी गायिका इन्दिरा गोलेको निधन भएको छ । काँठे भाकामा आफूलाई स्थापित गरेकी गायिका गोलेको निधन क्यान्सर रोगका कारण निधन भएको उनको पारिवारिक स्रोतले बनाएको छ ।

‘घुम्तीनिर लेट भयो’, ‘चागुनारायण थान’, ‘आज मलाई ऊनीको पछ्यौरी’लगायत उनका दर्जनौँ गीत लोकप्रिय छन् । काँठेसँगै उनका तामाङ सेलो, लोकदोहोरी, आधुनिकसहित हजारौँ गीतमा उनले स्वर भरेकी छन् ।