सिंहदरबार जलाउने ग्याङ सेनाले समात्यो


Capital Headline
प्रकाशित मिति : शुक्रबार, भाद्र २७ २०८२
2.5K
SHARES

२७ भदौ काठमाडौं । २४ भदौमा सरकारी कार्यालय र प्रहरी चौकीमा आगजनी गरी हतियारलगायतका विभिन्न सामान चोरी गर्नेलाई पक्राउ गर्न थालिएको छ । नेपाली सेना र शसस्त्र प्रहरीले जेन–जीको आन्दोलनको नाममा सामान चोरी गर्नेलाई पक्राउ गर्न थालेको हो ।

प्रहरी चौकी तीनकुने लागयतका ठाउँबाट लुटिएको गोली, दुईवटा म्यागेजिन, हतकडीसहित सप्तरीका २३ वर्षीय जावेद अख्तर पक्राउ परेका छन् । उनी तीनकुनै चौकीसहित सिंहदरबारको आगजनीमा समेत सहभागी व्यक्ति हुन् । पक्राउ पर्नेमा लहान नगरपालिकाका विसान शाह, लहानकै सुरज यादव, प्रदीप यादव, निरज सिहं, जनकपुरका दीपक मण्डल, निरज यादव, सिरहका सन्तोष मण्डल छन् । उनीहरूको साथबाट लुटिएका सामानसमेत बरामद गरिएको छ ।

सेना र सशस्त्र प्रहरीको टोलीले पक्राउ गरेर प्रहरी चौकी तीनकुनेको जिम्मा लगाए पनि चौकीको संरचना जलेर ध्वस्त भएकाले कहाँ राख्ने भन्ने विषय टुंगिएको छैन ।