१९ किलो लागूऔषध चरेस बरामद


Capital Headline
प्रकाशित मिति : सोमबार, असोज ६ २०८२
1K
SHARES

६ असोज जनकपुरधाम । पर्साबाट सशस्त्र प्रहरीले १९ किलो लागूऔषध चरेस बरामद गरेको छ । पोखरिया नगरपालिका–७ जगतपुर गाउँस्थित बाख्रा राख्ने छाप्रोमा कालोझोला भित्र लुकाइ राखेको अवस्थामा प्रहरीले चरेस बरामद गरेको हो ।

विओपी प्रसौनी भठ्ठाबाट सहायक प्रहरी निरीक्षक चेतन बाह्रकोटीको नेतृत्वमा गएको टोलीले बरामद गरेको चरेसको १९ किलो १२६ ग्राम रहेको सशस्त्र प्रहरीले जनाएको छ । बरामद चरेस इलाका प्रहरी कार्यालय पोखरियामा बुझाउने तयारी गरिरहेको जनाएको छ ।