किशोरीलाई बलात्कार गरेको आरोपमा युवक पक्राउ


Capital Headline
प्रकाशित मिति : बिहिबार, असोज २३ २०८२
1.1K
SHARES

२३ असोज जनकपुरधाम । धनुषामा किशोरीलाई बोलाएर बलात्कार तथा बल्याकमेल गरेको आरोपमा धनुषाले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको जनकपुरधाम उपमहानगरपालिका ७ जिरोमाइलका २१ वर्षीय दीपक राउत छन् ।उनलाई प्रहरीले गत मंगलबार पक्राउ गरेर अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय धनुषाका सूचना अधिकारी प्रहरी निरीक्षक संजिव यादवले जानकारी दिए । युवतीलाई भने सेफ हाउसमा राखिएको छ ।

अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार दीपकले झापाको दमककी एक १७ वर्षीया किशोरीलाई फकाइ जनकपुर बोलाएर एक होटेलमा राखेर आफूसहित केही केटा लगाएर बलात्कार गराएको आरोप छ ।दीपकले मोबाइलमा अन्य युवतीसँग पनि कुराकानी गरेको, युवतीको अश्लील भिडियो राखेको र लागूऔषधको तस्वीरहरू राखेको पाइएको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले बताए ।