फिल्म ‘कस्तुरी’ मा जोडी बाँध्दै निखिल र वर्षा


Capital Headline
प्रकाशित मिति : आइतबार, कार्तिक २ २०८२
3.7K
SHARES

२ कात्तिक काठमाडौँ । निखिल उप्रेती र वर्षा शिवाकोटीको मुख्य भूमिका रहने फिल्म ‘कस्तुरी’ निर्माण हुने भएको छ । आइतबार निर्माण टिमले फिल्म निर्माणको औपचारिक घोषणा गरेको हो । कर्पोरेट क्षेत्रमा टेन प्लास्ट इन्डस्ट्रिज प्रालिमार्फत विभिन्न उद्योग–व्यवसाय सञ्चालन गर्दै आएका धिरज अग्रवालले टेन इन्टरटेनमेन्ट प्रालिको ब्यानरबाट ‘कस्तुरी’ निर्माण गर्न लागेका हुन् ।

फिल्मको ऋत बोहोराले निर्देशन गर्दैछन् । बोहोराकै कथा रहेको फिल्म सस्पेन्स थ्रिलर विधामा निर्माण हुन लागेको हो । निर्देशक बोहोराले फिल्ममा रहस्य, डर र उत्सुकता मिसिएको कथा प्रस्तुत गरिनेछ । फिल्मले मनोवैज्ञानिक तनाव, हत्या, अपहरण र षड्यन्त्रजस्ता विषय समेत समेट्ने बोहोराको भनाई छ ।

यो फिल्म मार्फत निखिल र वर्षाले पहिलोपटक पर्दा सेयर गर्न लागेका हुन् । निशा अधिकारी, ब्रजेश खनाल, शेखर चापागाईं र निर्मल शर्माले पनि अभिनय गर्नेछन् भने अन्य कलाकार र प्राविधिक टोलीको छनोट जारी छ ।

फिल्मको लेखन ब्रजेश खनालले गरेका हुन् भने निर्माता धिरजकुमार अग्रवाल हुन् । सहनिर्मातामा अञ्जली चौधरी रहेकी छन् । फिल्मको छायाङ्कन आलोक शुक्लाले गर्नेछन् । फिल्ममा संगीत प्रशान्त शिवाकोटीको रहेनछ । मंसिरदेखि छायाङ्कन हुने फिल्म काठमाडौँ र आसपासका क्षेत्रमा  खिचिनेछ ।