‘देउसी भैलो’ गीत सार्वजनिक


Capital Headline
प्रकाशित मिति : आइतबार, कार्तिक २ २०८२
2.7K
SHARES

२ कात्तिक काठमाडौँ । श्री गोपाल सिद्ध लोक भजन पाणिनी समाजले तिहारको अवसरमा नयाँ दुई गीत ‘लक्ष्मी पुकार’ र ‘देउसी भैलो’ सार्वजनिक गरेको छ । लक्ष्मी पुकारमा शब्द, स्वर र सङ्गीत शेषनारायण पोख्रेलको छ ।

‘श्रीकृष्ण लीला देउसी भैलो’मा देवी प्रसाद, चुरामणि र घनश्याम पोख्रेलको शब्द छ भने स्वर देवी प्रसाद पोख्रेलले दिएका छन् । दुवै गीतको भिडियो बनेको छ । जसको निर्देशन सुरज खनालले गरेका हुन् । गीतहरूमा अर्घाखाँची, पाल्पा र गुल्मीका मौलिक लोकधुन समेटिएको समाजका सदस्य कपिल पोखरेलले जानकारी दिए ।