नख्खु कारागारबाट फरार भएका बलात्कार मुद्दाका कैदी समातिए


Capital Headline
प्रकाशित मिति : मंगलबार, कार्तिक ११ २०८२
2.9K
SHARES

११ कात्तिक काठमाडौं । ललितपुरको नख्खु कारागारबाट फरार भएका बलात्कार मुद्दाका एक कैदी पक्राउ परेका छन् ।पक्राउ पर्नेमा उदयपुरको कटारी नगरपालिका–१० घर भएका ४३ वर्षीय चुक्ताबहादुर राउत छन् ।

प्रहरी वृत्त जनसेवाबाट खटिएको टोलीले उनलाई गएराति साढे ९ बजेतिर टेकुबाट पक्राउ गरेको हो । पक्राउ परेका उनलाई कैद भुक्तानका लागि नख्खु कारागार बुझाइएको प्रहरीले बताएको छ ।