बाख्राको खोरमा जुवा खेलिरहेका ६ जना पक्राउ


Capital Headline
प्रकाशित मिति : बुधबार, कार्तिक १२ २०८२
988
SHARES

१२ कात्तिक दाङ । बाख्राको खोरमा जुवा लेखिरहेका ६ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । बारबर्दिया नगरपालिका वडा नम्वर ३ बेल्बज्जास्थित कालुराम थारूको बाख्राको खोरमा जुवातास खेलिरहेका ३५ वर्षीय थारूसहित ६ जनालाई गएराति प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले उनीहरूको साथबाट ४७ हजार ४ सय ८० रूपैयाँ र ७ बुक तास समेत बरामद गरेको छ । उनीहरूलाई इलाका प्रहरी कार्यालय जयनगरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।