पूर्वमन्त्री आलमको स्वास्थ्य अवस्था गम्भीर
Capital Headline
प्रकाशित मिति :
शनिबार, कार्तिक १५ २०८२
2.2K
SHARES
१५ कार्तिक काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद आफ्ताब आलमको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि अस्पतालको सघन कक्ष (आईसीयू)मा राखेर उपचार भइरहेको छ ।
मिर्गौलामा संक्रमण देखिएपछि सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालको आईसीयूमा उनको उपचार भइरहेको जनाइएको छ । उनी लामो समयदेखि मिर्गौलाको डायलासिसमा छन् ।
उनले विगतमा रौतहटबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका थिए । केही समय उनले वन तथा वातावरण र श्रम तथा रोजगारमन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट