एमाले नेता शेर्पा बहुविवाह मुद्दामा पक्राउ


Capital Headline
प्रकाशित मिति : मंगलबार, कार्तिक १८ २०८२
2.1K
SHARES

१८ कार्तिक काठमाडौ । नेकपा एमालेका केन्द्रीय सदस्य पासाङ शेर्पा बहुविवाह मुद्दामा पक्राउ परेका छन् । नेता शेर्पालाई काठमाडौं प्रहरी परिसरले धुम्बाराहीबाट पक्राउ गरेको हो ।

शेर्पाको बहुविवाहको विवाद निकै लामो समयदेखि भइरहेको थियो । त्यही क्रममा काठमाडौं जिल्ला अदालतले २३ चैत २०७९ मा बहुविवाह कसुरमा दोषी ठहर गरेको थियो ।

जिल्ला अदालत काठमाडौंले दोषी ठहर गर्ने क्रममा १ वर्ष कैद र ५ हजार जरिवाना गर्ने फैसला गरेको थियो । शेर्पा जिल्ला अदालतको फैसलाविरुद्ध पुनरावेदनमा गएका थिए । तर, उच्च अदालत पाटनले पनि जिल्ला अदालतकै फैसला सदर गरेको थियो ।