कारागारबाट फरार बलात्कार मुद्दाका कैदी पक्राउ
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, कार्तिक २१ २०८२
1.1K
SHARES
२१ कात्तिक काठमाडौं। जेन–जी आन्दोलनको क्रममा सुन्धारास्थित केन्द्रीय कारागारबाट फरार भएका बलात्कार मुद्दाका एक कैदीबन्दी पक्राउ परेका छन्। पक्राउ पर्नेमा संखुवासभाको धर्मदेवी नगरपालिका–६ का ६० वर्षीय प्रकाश पाँचकोटी छन्। उनलाई प्रहरी प्रभाग कपनको टोलीले कपनस्थित मिलनचोकबाट पक्राउ गरेको हो।
उनी बलात्कार कसुरमा कारागार चलान भएका थिए। उनलाई सुन्धारा कारागार पठाइएको छ। २४ भदौमा जेन–जी आन्दोलनको हिंसात्मक भएको मौका छोपी उनी कारागारबाट फरार भएका थिए।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट