कट्रिनाले जन्माइन् छोरा
२१ कात्तिक काठमाडौं । बलिउड अभिनेत्री कट्रिना कैफ आमा बनेकी छन्। उनले शुक्रबार छोरा जन्माएकी हुन्। कट्रिनासहित उनका श्रीमान् तथा अभिनेता विक्की कौशल र कट्रिनाले इन्स्टाग्राममा पोस्ट गर्दै पहिलो सन्तान जन्मिएको जानकारी दिएका हुन्।
विवाहको चार वर्षपछि कट्रिना र विक्की आमाबाबु बनेका हुन्। उनीहरूले इन्स्टाग्राममा लेखेका छन्, ‘हाम्रो खुसीको सानो गुच्छा आइपुगेको छ। अपार माया र कृतज्ञताका साथ हामी हाम्रा छोरालाई स्वागत गर्दछौँ। नोभेम्बर ७, २०२५ क्याट्रिना र विक्की।’
यसअघि गत सेप्टेम्बरमा कट्रिनाले आफ्नो र विक्की कौशलको बेबी बम्प समातेको तस्बिर पोस्ट गरेकी थिइन्। कट्रिना र विक्कीको विवाह ९ डिसेम्बर २०२१ मा भएको थियो।