छुटे भट्टचन
२६ कात्तिक काठमाडौं । थुनामा राख्न म्याद नदिएपछि नेकपा एमालेक पूर्वसांसद देवी प्रकाश भट्टचन छुटेका छन् । मंगलबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को हिरासतबाट उनी छुटेका हुन् । सीआईबी एसपी निरन्जनदत्त भट्टले सरकार वकिलको आदेश अनुसार उनलाई बाहिरै राखेर अनुसन्धान अघि बढाइने भएको बताए ।
‘स्वास्थ्यको कारण देखाउँदै हिरासतमा नराखी अनुसन्धान गर्नुभन्ने आदेशपछि उहाँ छुट्नु भएको हो । हाम्रो अनुसन्धान भने जारी छ’, भट्टले अनलाइनखबरसँग भने । ११ कात्तिकमा भट्टचन ललितपुरबाट पक्राउ परेका थिए । उनीमाथि सीआईबीले ठगी तथा राष्ट्र बैंक अन्तर्गतको कसुरमा अनुसन्धान अघि बढाएको थियो । ठाकुरप्रसाद मानन्धरले उनीलगायतविरुद्ध जाहेरी दिएका थिए ।