‘जेरी अन टप’ ले २२ करोडभन्दा धेरै कमायो


Capital Headline
प्रकाशित मिति : आइतबार, कार्तिक ३० २०८२
3.4K
SHARES

३० कात्तिक काठमाडौं । अनमोल केसी स्टारर फिल्म ‘जेरी अन टप’ ले विश्वभरिबाट २२ करोड ७३ लाख ग्रस कलेक्सन गरेको छ। चार सातामा यस फिल्मले विश्वभरिबाट २२ करोड ७३ लाख ग्रस आकंडा पार गरेको निर्माण टिमको दाबी छ।

गत सोमबार चलचित्र विकास बोर्डले दसैँ तिहारमा रिलिज भएका फिल्महरूको कमाइ सार्वजनिक गरेको थियो। जसमा ‘जेरी अन टप’ ले घरेलु बक्स अफिसमा कात्तिक २२ अर्थात प्रदर्शनको २३ दिनसम्म ११ करोड ७१ लाख बढीको कमाइ गरेको देखिन्छ। हाल भने यो फिल्म पाँचौँ सातामा प्रदर्शन भइरहेको छ।

सुयोग गुरूङ निर्देशित यस अनमोलसहित आँचल शर्मा र जसिता गुरुङ, केदार घिमिरे, भुवन केसी, उषा खड्कीलगायतको अभिनय छ। फिल्मको निर्माता सरोज न्यौपाने हुन्।हेमराम बिसीको कथा रहेको फिल्मको पटकथा विश्वास तिम्सिनाले लेखेका हुन्। यस फिल्मले सगरमाथा आरोहणदेखि त्रिकोणात्मक प्रेमकथालाई समेटेको छ।