साम्राज्ञीले गरिन् ‘इन्गेजमेन्ट’


Capital Headline
प्रकाशित मिति : मंगलबार, मंसिर २ २०८२
1.6K
SHARES

२ मंसिर काठमाडौं । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले ‘इन्गेजमेन्ट’ गरेकी छन् । आफ्नो जन्मदिनको अवसरमा उनले ‘इन्गेजमेन्ट’ गरेको जानकारी दिएकी छन् । इन्स्टाग्राममा उनले तस्बिर सार्वजनिक गर्दै ‘इन्गेजमेन्ट’ गरेको जानकारी दिएकी छन् । ‘इन्गेजमेन्ट’को तस्बिरमा उनले औंठी लगाएको दखिन्छ ।

उनले को सँग इन्गेजमेन्ट गरेकी हुन्, त्यो भने खुलाएकी छैनन् । साम्राज्ञीले इन्गेजमेन्टका तस्बिरसँगै लेखेकी छन्, “…फेरि नफुत्कियोस् भनेर मेरो हात मजबुतसँग समाइदिएकोमा धन्यवाद ! तपाईंले मलाई माया गर्न सजिलो हुन्छ भन्ने सम्झाउनु भयो । मेरो मुटुसम्म पुगेर दयालु, करुणामय र कोमल बन्दै, सधैँ र सदाको लागि हुन्छ भनिदिएकोमा धन्यवाद ।”  चलचित्र ‘ड्रिम्स’बाट नेपाली चलचित्र उद्योगमा प्रवेश गरेकी उनले त्यसयता थुप्रै चलचित्रमा काम गरिसकेकी छन् ।