इनास नेपालको अध्यक्षमा लामिछाने


Capital Headline
प्रकाशित मिति : बुधबार, मंसिर ३ २०८२
1.4K
SHARES

३ मंसिर काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास), नेपाल शाखाको अध्यक्षमा चलचित्र निर्देशक ऋषि लामिछाने निर्वाचित भएका छन् ।  मंगलबार राजधानीमा सम्पन्न शाखाको दोस्रो अधिवेशनले लामिछानेको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

उपाध्यक्षमा अभिनेता रमेश उप्रेती, अभिनेत्री रेजिना उप्रेती र गायक युवराज चौलागाईं निर्वाचित भएका छन् ।  चलचित्रका निर्माण नियन्त्रक शंकर पाण्डे महासचिव र राजिन पनेरु सचिव पदमा निर्वाचित भएका छन् । कोषाध्यक्षमा चलचित्र वितरक रत्न श्रेष्ठ चुनिएको इनासको प्रेस नोटमा उल्लेख छ ।

सदस्यहरूमा खुमन अधिकारी, एलिना चौहान, पूर्णबहादुर लामा, दिनेश काफ्ले, प्रियंका प्रसाईं, गौतम मानन्धर, सहारा पाण्डे, दीपा रेग्मी पन्त, ऋतु कँडेल र शिवम अधिकारी निर्वाचित भएका छन् । इनासको ग्लोबल सञ्चार प्रतिनिधि (जीसीआर)मा सञ्चारकर्मी विष्णु शर्मा चयन भएका छन् ।   इनास विश्वभर छरिएका नेपाली कलाकारको हकहितका पक्षमा काम गर्ने संस्था हो ।