एक सातामा १४९ फरार प्रतिवादी पक्राउ
८ मंसिर धनगढी । कैलालीमा एक सातामा १४९ जना फरार प्रतिवादी पक्राउ परेका छन् । mकैलाली प्रहरीले चलाएको सर्च एन्ड स्वीप अप्रेसन टोलीले एक हप्ताभित्रमा १४९ फरार प्रतिवादी पक्राउ गरेको हो ।
१-७ मंसिरसम्म विभिन्न मुद्दामा दोषी ठहर भएर फरार रहेका उक्त संख्याका प्रतिवादीलाई पक्राउ गरिएको कैलालीका एसपी नरेन्द्र चन्दले जानकारी दिए । पक्राउ परेका प्रतिवादीहरूलाई कारबाहीका लागि जिल्ला अदालतमा पेस गरिएको प्रहरीले जनाएको छ । ‘हामीले सर्च एन्ड स्वीप अप्रेसन चलाएर फरार प्रतिवादीलाई पक्राउ गरेर कारबाहीको दायरामा ल्याइरहेका छौँ,’ उनले भने ।