सर्वोच्च जलाएको आरोपमा ल क्याम्पसका निवर्तमान स्ववियू सभापति पक्राउ
Capital Headline
प्रकाशित मिति :
बुधबार, मंसिर १० २०८२
3.7K
SHARES
१० मंसिर काठमाडौं । सर्वोच्च अदालत जलाएको आरोपमा नेपाल ल क्याम्पसका निवर्तमान स्ववियू सभापति पक्राउ परेका छन् । निवर्तमान स्ववियू सभापति विष्णु ढुंगेललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई चितवनबाट पक्राउ गरिएको थियो ।
उपत्यका अपराध अनुसन्धान र काठमाडौं प्रहरीको संयुक्त टोलीलाई उनलाई पक्राउ गरेको हो । ढुंगेलले सर्वोच्च जलाउनुअघि दिएको एक भिडियो सार्वजनिक भएको थियो । पछिल्ला दिनमा प्रहरीले सर्वोच्च अदालत जलाउनेहरुको खोजी तीव्र पारेको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट