वडाध्यक्षसहित आठजना जुवाडे पक्राउ
१४ मंसिर चितवन । पूर्वी चितवनबाट एक जना जनप्रतिनिधिसहित आठ जना जुवाडे पक्राउ परेका छन् । उनीहरूलाई कालिका नगरपालिका–६ लाल चोकबाट जुवा खेलिरहेको अवस्थामा शनिबार पक्राउ गरिएको हो । पक्राउ पर्नेमा रत्ननगर नगरपालिका–१२ का वडाध्यक्ष सुन्दरमणि सुवेदीलगायत छन् ।
इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीका प्रहरी नायब उपरीक्षक सुवास भट्टका अनुसार पक्राउपर्नेमा कालिका नगरपालिका–६ का ६० वर्षीय ठाकुरप्रसाद भट्ट, ५६ वर्षीय झलक अमगाईं, ५४ वर्षीय सन्तोष लामा, ६६ वर्षीय मोहन दंगाल । यस्तै ५५ वर्षीय रामकुमार दंगाल, ४९ वर्षीय आशबहादुर गुरुङ र ४८ वर्षीय शिवबहादुर अमगाईं रहेका छन् । उनीहरूको साथबाट ७१ हजार रुपैयाँ नगदसहित तास बरामद गरिएको छ । पक्राउ परेकालाई जुवाऐनअन्तर्गत अनुसन्धान सुरु गरिएको भट्टले बताए ।