जुवातास खेलिरहेका ११ जना एक लाख रुपैयाँसहित पक्राउ
Capital Headline
प्रकाशित मिति :
मंगलबार, मंसिर १६ २०८२
931
SHARES
१६ मंसिर काठमाडौं । खाजाघरमा जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–३२ पेप्सीकोलास्थित सलिना खाजाघरमा जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सोही ठाउँ बस्ने काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका–१३ का भएका ५० वर्षीय रकम तामाङ (खाजाघरका सञ्चालक) सहित ११ जनालाई प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।उनीहरूको साथबाट नगद १ लाख १ हजार ५३० रुपैयाँ र ४ बुक तास पनि बरामद गरेको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट