कुटपिट गरी श्रीमतीको हत्या, पक्राउ परे श्रीमान


Capital Headline
प्रकाशित मिति : आइतबार, पौस ६ २०८२
2.2K
SHARES

६ पुस काठमाडौं । रोल्पामा कुटपिट गरी श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन्।जिल्लाको रुन्टीगढी गाउँपालिका –५ जस्पुरका  ४८ वर्षीय अमराज दमाइ पक्राउ परेका हुन्।अमराजलाई ५२ बर्षीया रिमा परियारमाथि  कुटपिट गरि हत्या गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सुनिल थापाले बताए।

मदिराले मातेका श्रीमान अमराजले श्रीमती रिमालाई शनिबार बेलुका ६ बजेतिर कुटपिट गरी गम्भीर घाइते तुल्याएको खबर इलाका प्रहरी कार्यालय होलेरीमा प्राप्त भएको थियो।इप्रका होलेरी बाट प्रहरी निरीक्षक मनिस थापाको नेतृत्वमा पाँच जनाको प्रहरी  टोली पुगेर घाइते रिमाको उद्धार गरि प्राथमिक स्वास्थ्य केन्द्र होलेरीमा उपचारका लागि पठाएको थियो।पौने सात बजेतिर चेकजाँच पछि चिकित्किसले रिमालाई मृत घोषणा गरेका थिए।

अमराजलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।  रिमाको शव पोष्टमर्टमका लागि जिल्ला अस्पताल रेउघामा पुर्‍याएको छ।