वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज


Capital Headline
प्रकाशित मिति : मंगलबार, पौस ८ २०८२
2.1K
SHARES

८ पुस काठमाडौं । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षणबापत वृद्धि गरिएको शुल्क सरकारले खारेज गरेको छ । शुल्क खारेजीपश्चात्र साबिककै दरमा शुल्क कायम गरिएपछि वैदेशिक रोजगार व्यवसायीले सरकारको निर्णय स्वागतयोग्य भएको बताएका छन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गत कात्तिक ३० गते शुल्क वृद्धि गरी नौ हजार पाँच सय पुर्‍याएको थियो ।

त्यस अघि ६ हजार पाँच सय मात्र थियो । सो निर्णयविरुद्ध व्यवसायीले विरोध जनाएका थिए । श्रम मन्त्री राजेन्द्रसिंह भण्डारीले सो शुल्क खारेज गरिएको बताए ।मन्त्रालयले ३४ वटा स्वास्थ्य परीक्षण आवश्यक भएको जनाउँदै शुल्क वृद्धि गरेकोमा सो आवश्यक नरहेको वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष भुवनसिंह गुरुङले बताए ।

“सरकारले अनावश्यक श्रमिकको खर्च बढाउने काम गरेको थियो,” उनले भने, “अहिले सो शुल्क खारेज गरी श्रमिकको हितमा निर्णय गर्नु प्रशंसनीय छ ।”