उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रमुखमा एसएसपी खड्का
४ माघ काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रमुख रहेका एसएसपी रमेश बस्नेतको सरुवा गरिएको छ । गृह मन्त्रालयले उनलाई सरुवा गरेको हो ।उक्त कार्यालय प्रमुखमा अर्का एसएसपी सन्तोष खड्कालाई पठाइएको छ । खड्का यसअघि नेपाल प्रहरीको विशेष ब्युरोमा कार्यरत थिए ।
बस्नेतलाई उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा सरुवा गरिएको छ । बस्नेत ०८१ माघदेखि उपत्यका अपराध अनुसन्धन कार्यालय प्रमुख थिए । प्रहरी अधिकारीको सरुवा एक वर्षमा हुने व्यवस्था छ । सोही व्यवस्थाअनुसार एक वर्ष पूरा भएपछि बस्नेतको सरुवा गरिएको हो । पछिल्लो समय उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रमुख भएर एकवर्षे कार्यकाल पूरा गरी सरुवा हुने बस्नेत एक्ला अधिकारी हुन् ।
यसअघिका कार्यालय प्रमुख तत्कालीन एसएसपी मनोज केसी, सोमन्द्रसिंह राठौर, सानुराम भट्टराईलाई एक वर्ष अवधि नपुग्दै सरुवा गरिएको थियो ।