सभापति रवि लामिछाने अस्पताल भर्ना


Capital Headline
प्रकाशित मिति : मंगलबार, माघ १३ २०८२
3.5K
SHARES

१३ माघ काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने अस्पताल भर्ना भएका छन् ।गत माघ ५ गते जनकपुरमा भएको सभाका क्रममा खुट्टामा लागेको चोटले दु:ख दिएपछि शिक्षण अस्पतालमा भर्ना हुनुपरेको हो ।रविको सचिवालयका अनुसार सुरुमा सामान्य देखिएको चोट बढ्दै गएर हाल छालाको भित्री तहमा संक्रमण भएको छ ।

त्रिवि शिक्षण अस्पतालका चिकित्सकहरूको परीक्षण र सल्लाहअनुसार भर्ना गरिएको सचिवालयको भनाइ छ । केही दिन अस्पतालमै चिकित्सकको निगरानीमा राखेर उपचार गराउनुपर्ने सचिवालयले जारी गरेको सूचनामा उल्लेख छ ।

‘चोट आफैँमा गम्भीर नभए पनि संक्रमण फैलिन सक्ने सम्भावनालाई ध्यानमा राख्दै चिकित्सकहरूको सुझावअनुसार पूर्ण उपचार र स्वास्थ्य सुधारपछि मात्र उहाँ पुनः नियमित राजनीतिक तथा सांगठनिक अभियानमा फर्किने जानकारी गराइन्छ’ सचिवालयले भनेको छ ।

अन्य बिरामीको उपचारमा असर नपरेर र अस्पताल प्रशासनलाई असहज नहोस् भनेर भेटघाटका लागि अस्पताल नआइदिन रविका स्वकीय सचिव अविनाश आचार्यले अनुरोध गरेका छन् ।
जनकपुरको सभामा भाग लिएर चितवन आएदेखि रवि एकाएक गुमनाम बनेका थिए ।