स्वतन्त्र उमेदवार सिंह पक्राउ
Capital Headline
प्रकाशित मिति :
बिहिबार, माघ १५ २०८२
1.8K
SHARES
१५ माघ काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सल्यानबाट स्वतन्त्र उमेदवारी दिएका जुद्धबहादुर सिंह पक्राउ परेका छन् । बुधबार साँझ (माघ १४) काठमाडौंको भद्रकालीस्थित नेपाली सेनाको पेट्रोल पम्पअगाडि खतरा लेखिएको झोला फालेर भाग्न खोज्दा सेनाको टोलीले नियन्त्रणमा लिएको हो ।
सिंहलाई जिल्ला प्रहरी परिसरको जिम्मा लगाइएको छ । जिल्ला प्रहरी परिसरका डीएसपी कौशल बुढाथोकीले सिंहमाथि थप अनुसन्धान भइरहेको बताए । झोलाभित्र भने इँट्टा भेटिएको डीएसपी बुढाथोकीको भनाइ छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट