दुर्गा प्रसाईँ फेरि पक्राउ


Capital Headline
प्रकाशित मिति : शुक्रबार, माघ २३ २०८२
2.3K
SHARES

२३ माघ काठमाडौं । मेडिकल व्यवसायी एवं ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ का संयोजक दुर्गा प्रसाईँ फेरि पक्राउ परेका छन् । चाल्नाखेलबाट प्रहरीको टोलीले उनलाई नियन्त्रणमा लिएको हो । उनीविरुद्ध साइबर ब्युरोमा उजुरी रहेको प्रहरी स्रोतले बतायो ।

२ साताअघि मात्र हाजिरी जमानीमा छुटेका प्रसाईँलाई प्रहरीले आज पुन: पक्राउ गरेको हो । यसअघि नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी निर्वाचन आयोगको निर्णयलाई लिएर गगन थापामाथि आर्थिक चलखेलको भ्रम फैलाएपछि उनी पक्राउ परेका थिए । प्रसाईँमाथि कारबाही गर्न आयोगले साइबर ब्युरोमा पत्रचार नै गरेको थियो ।