दुर्गां प्रसाईंको बयान जारी


Capital Headline
प्रकाशित मिति : आइतबार, माघ २५ २०८२
1.8K
SHARES

२५ माघ काठमाडौं । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा यति बेला राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ महाअभियानका संयोजक दुर्गा प्रसाईंको बयान जारी छ । नेपाल प्रहरीको साइबर ब्युरोले निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा शुक्रबार (माघ १९) प्रसाईंलाई पक्राउ गरेको थियो ।

उनले विद्युतीय माध्यमबाट आचारसंहिता उल्लंघन गरेको विषयमा अहिले सरकारी वकिलको कार्यालयमा सवालजवाफ चलिरहेको छ । निर्वाचन आयोगको पत्रका आधारमा प्रसाईं पक्राउ परेका हुन् । उनीविरुद्ध भिन्नै उजुरी पनि परेको थियो । प्रसाईंको बयान आजै सकाउने तयारी रहेको जिल्ला सरकारी वकिलको कार्यालय स्रोतले जनाएको छ । प्रसाईं यसअघि पनि दलका नेताहरूप्रति गालीगलौज र भ्रामक टिप्पणी गरेको आरोपमा पटक–पटक पक्राउ पर्दै छुट्दै आएका थिए ।