‘फ्रेन्च किस’मा अभिनेत्री रेखा थापाको प्रवेश


Capital Headline
प्रकाशित मिति : बुधबार, माघ २८ २०८२
1.6K
SHARES

२८ माघ काठमाडौं । चलचित्र ‘फ्रेन्च किस’मा अभिनेत्री रेखा थापा आबद्ध भएकी छन् । चितवनमा छायांकन भइरहेको चलचित्र ‘फ्रेन्च किस’मा रेखा अनुबन्ध भएकी हुन् ।  कार्यकारी निर्माता सौगात बस्नेतले रेखाको प्रवेशसँगै चलचित्र थप सशक्त, आकर्षक र प्रतिक्षित बन्ने विश्वास व्यक्त गरे । कार्यकारी निर्माता बस्नेतले रेखाको अनुभव र स्टारडमले चलचित्रलाई अपेक्षित बनाउने उनको विश्वास छ । उनले ‘फ्रेन्च किस’लाई नयाँ पुस्ताको स्वाद अनुसार बनाउने बताए ।

अभिनेता समेत रहेका अर्पण थापाले निर्देशन गर्ने चलचित्रमा रेखा र अर्पणसँगै ‘शाम्बाला’ फेम्ड अभिनेत्री थिन्ले ल्हामो, गौरी मल्ललगायतको अभिनय रहनेछ ।  चलचित्रको कार्यकारी निर्मातामा सौगात बस्नेत र सह–निर्मातामा सुभाष बी. शाही छन् । सुदीप बरालको सिनेमेटोग्राफी रहने चलचित्रमा संगीत चर्चित गायक तथा संगीतकार दीपक बज्राचार्यको रहनेछ ।