स्वास्थ्यमन्त्रीसमक्ष प्रतिवेदन पेस


Capital Headline
प्रकाशित मिति : बुधबार, फाल्गुन २७ २०८२
1.2K
SHARES

२७ फागुन काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमसमक्ष मन्त्रालय र मातहतका निकायहरूको सार्वजनिक खरिद व्यवस्थापनलाई थप पारदर्शी, मितव्ययी र नतिजामुखी बनाउन गठित उच्चस्तरीय कार्यदलले प्रतिवेदन बुझाएको छ । मंगलबार मन्त्रालयमा आयोजित कार्यक्रममा कार्यदलले प्रतिवेदन मन्त्रीसमक्ष बुझाएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए । प्रतिवेदनमा खरिद गुरुयोजना, ई–जीपीको पूर्ण कार्यान्वयन र मन्त्रालयमा खरिद गरिएका उपकरणहरूको कम्तीमा पाँच वर्षको मर्मत सम्भार सम्झौता अनिवार्य गर्नुपर्ने जस्ता कुरा समेटिएको मन्त्रालयका प्रवक्ता डा. बुढाथोकीले जानकारी दिए ।

प्रतिवेदन बुझ्दै मन्त्री डा. गौतमले प्रतिवेदनमा समेटिएका सुझावहरूलाई कार्ययोजना बनाएर तत्काल कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गरिन् । उनले स्वास्थ्य क्षेत्रको खरिद प्रणालीमा रहेका विगतका समस्यालाई समाधान गरी नागरिकले पाउने स्वास्थ्य सेवाको गुणस्तरमा ठूलो परिवर्तन ल्याउने अपेक्षा गरिएको बताइन् । मन्त्रालयले मन्त्रालयका नीति तथा योजना महाशाखा प्रमुख डा. चुमनलाल दासको संयोजकत्वमा पूर्वसचिव सुरेश प्रधान, स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका पूर्वनिर्देशक डा. भीमसिंह तिंकरी रहेको कार्यदल गठन गरेको थियो ।