‘मितज्यू’को प्रदर्शन मिति हेरफेर
२ चैत काठमाडौं । चलचित्र ‘मितज्यू’को प्रदर्शन मिति हेरफेर भएको छ । नयाँ पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले आगामी जेठ ८ गते चलचित्र प्रदर्शनको घोषणा गरेको छ । यसअघि यो चलचित्र जेठ १५ गते प्रदर्शन हुने भनिएको थियो ।
सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य कलाकार दयाहाङ राई, सौगात मल्ल, तेरिया फौजा मगर, शिशिर वाङ्देल र अर्का एक पात्र देखिन्छन् । ग्रामीण परिवेशको कथा समेटिएको चलचित्रलाई अनिल बुढा मगरले निर्देशन गरेका छन् ।
चलचित्रमा दयाहाङ, सौगात, तेरिया र शिशिरसँगै पुस्कर गुरुङ, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुन मगर, उत्तमराज पाण्डेलगायतको अभिनय छ ।
चलचित्रमा जनक घर्ती मगरले लगानी गरेका छन् । जीएम मुभिज प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रको सम्पादन लोकेश बज्राचार्यले गरेका छन् । छायांकन शिशिर बिशंखेको छ ।