‘आबाट आमा-२’ बन्ने, वैशाखमा छायाङ्कन


Capital Headline
प्रकाशित मिति : मंगलबार, चैत्र १० २०८२
1.2K
SHARES

१० चैत काठमाडौँ । फिल्म ‘आबाट आमा’को सिक्वेल बन्ने भएको छ । निर्माण युनिटले फिल्मको मुख्य भूमिकामा पल शाह र बिपना थापा अनुबन्धित गर्दै फिल्मको घोषणा गरेका हाे । फिल्म चन्द्र पन्तले नै निर्देशन गर्दै छन् ।

‘आबाट आमा’ १३ करोड बढी व्यवसाय सहित अहिले पनि हलमा प्रदर्शनरत छ । फिल्ममा बिपना थापा आमाको भूमिका रहेकी छिन् भने पल छोराको । सोही कथालाई निरन्तरता दिँदै र केहि फरकपन सहित ‘आबाट आमा २’ बन्ने बताइन्छ ।वैशाखबाट छायाङ्कनमा जाने बताइएको फिल्म दसैँमा प्रदर्शन तयारी गरिनेछ ।