नौ दिनमा ‘हामी तीन भाइ’ले उठायो ६ लाख
२३ चैत काठमाडौं । चलचित्र ‘हामी तीन भाइ’ले बक्सअफिस कलेक्सन कमजोर देखिएको छ । चैत १३ गतेबाट प्रदर्शनमा आएको यो चलचित्रले उलेख्य संख्यामा दर्शक हलसम्म तान्न सकेन ।
चलचित्र विकास बोर्डले सार्वजनिक गरेको बक्सअफिस रिपोर्टमा यो चलचित्रले शनिबारसम्म ६ लाख ३२ हजार ३४४ रुपैयाँ ग्रसकलेक्सन गरेको छ । यो चलचित्र जम्मा दुई हजार २८५ जनाले हरेका छन् ।
चलचित्र ‘हामी तीन भाइ’मा विनोद न्यौपाने, फलित राई र कुशल विष्ट मुख्य भूमिकामा छन् । चलचित्रलाई निर्देशक मधुसुदन भट्टराईले निर्देशन गरेका छन् । चलचित्रको कथा पनि उनी स्वयंले लेखेका हुन् ।
चलचित्रमा विनोद, कुशल र फलितसँगै लक्ष्मी बर्देवा, आश्मा गिरी, जाहन्वी बस्नेत, राजाराम पौडेललगायत कलाकारको अभिनय छ ।