लागुऔषध खैरो हेरोईन २२४ ग्राम ५६० मिलिग्राम र अफिम ५२ ग्राम सहित १० जना पक्राउ


Capital Headline
प्रकाशित मिति : सोमबार, चैत्र ३० २०८२
1.3K
SHARES

३० चैत काठमाडौं । लागुऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट सञ्चालन गरिएको लागुऔषध अपराध बिरुद्धको अपरेसनमा २०८२।१२।२७ गते देखी मिति २०८२।१२।२९ सम्म काठमाडौं उपत्यकाका विभिन्न स्थनबाट लागुऔषध खैरो हेरोईन कारोबारमा संलग्न १० जनालाई पक्राउ गरेको छ । उक्त अप्रेशन  ४ भागमा गरिएको थियो । अप्रेशन नम्बर १ मा लागुऔषध खैरो हेरोईन ३१ ग्राम  ८०० मिलिग्राम सहित ३ जना मानिस पक्राउ परेका थिए । अप्रेशन नम्बर २ मा लागुऔषध खैरो हेरोईन ९८ ग्राम  ७६० मिलिग्राम  सहित  ४ जना मानिसहरु  पक्राउ परेका थिए । अप्रेशन नम्बर ३ मा  लागुऔषध खैरो हेरोईन १० ग्राम र  अफिम ५२ ग्राम सहित  २ जना मानिसहरु  पक्राउ परेका थिए । साथै अप्रेशन नम्बर  ४ मा लागुऔषध खैरो हेरोईन ८४ ग्राम सहित  १ जना मानिस पक्राउ परेका थिए ।

पक्राउ पर्नेहरुमा झापा जिल्ला गौरीगंज गा.पा. वडा न. ३ ठेगाना भएका वर्ष २४ को  सुरज दाहाल ,  जिल्ला रामेछाप, लिखुतामाकोशी गा.पा. वडानं. ६ ठेगाना भएका  वर्ष २६ को ईश्वर खत्री , जिल्ला  काठमाडौ, का.म.न.पा. वडा न. ३० ठेगाना भएका वर्ष ४५ को अर्बिन प्रधान ,जिल्ला  दोलखा ,शैलुङ गा.पा. वडान. २ ठेगाना भएका वर्ष ३६ को सुकमान तामाङ , जिल्ला  काभ्रेपिाञ्चोक,नमोबुद्ध न.पा. वडान. २ ठेगाना भएको वर्ष २९ को पवन लामा ,  जिल्ला  कास्की, पोखरा उ.म.न.पा. वडा न. ७ ठेगाना भएका वर्ष ४८ को रोहित बहादुर राना ,
जिल्ला पर्सा, ठोरी गा.पा. वडा न. ४ ठेगाना भएका वर्ष ३५ को विशाल वि.क. , जिल्ला उदयपुर , कटारी न.पा. वडा न ६ ठेगाना भएका वर्ष ३७ को चेत बहादुर राउत , जिल्ला  गोरखा, गण्डकी गा.पा। वडा न. ३ ठेगाना भएका वर्ष २८ को अजय परियार , र जिल्ला रौतहट, वृन्दाबन  न.पा. वडान. ८ ठेगाना भएका वर्ष ४३ को सवुोध कुमार सिंह रहेका छन ।

पक्राउ परेका व्यक्तिहरु मध्ये सकुमान तामाङ, पवन लामा , चेत बहादुर रावत , सवुोध कुमार सिंह र अजय परियार यस भन्दा अगाडी लागुऔषध मुद्दामा कैद भूक्तान गरि छुटेकोमा पुनः लागुऔषध सहित पक्राउ परेका हुन् । पक्राउ परेका प्रतिवादीहरु उपर लागुऔषध नियन्त्रण  ऐन २०३३ बमोजिम म्याद थप लिई अनुसन्धान भइरहेको लागू औषध नियन्त्रण ब्युरोका  प्रहरी नायव उपरीक्षक तथा सह-प्रवक्ता जिवन निरौलाद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।