हरिवंशको मुख्य भूमिका रहेको चलचित्र ‘पाँच पाण्डव’ तिहारमा


Capital Headline
प्रकाशित मिति : शुक्रबार, बैशाख ४ २०८३
1.2K
SHARES

४ बैशाख काठमाडौं । चलचित्र ‘पाँच पाण्डव’ले प्रदर्शन मिति तय गरेको छ । निर्माण पक्षका अनुसार ‘पाँच पाण्डव’ तिहारमा रिलिज हुने भएको छ । चलचित्रमा हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी, सुशील सिटौला मुख्य ‘पाँच पाण्डव’को भूमिकामा छन् । दीपाश्री निरौला, सरिता गिरी, बिनोद न्यौपाने, रमा थपलिया, प्रशान्त ताम्राकार, मोडल इभा गिरीलगायत मुख्य भूमिकामा रहने छन् ।

काली रानी फिल्मसको ब्यानरमा निर्माण भइरहेको यस चलचित्रलाई निर्देशक वसन्त निरौलाले निर्देशन गरिरहेका छन् ।  चलचित्र ‘पाँच पाण्डव’मा कथा, पटकथा तथा संवाद सुशील पौडेलको रहेको छ । यो चलचित्रलाई श्याम तामाङले खिचिरहेका छन् । चलचित्रको वितरण आरआर फिल्मसले गर्नेछ ।