आइतबार पनि अन्तरङ्ग र आकस्मिक सेवा सुचारु हुने


Capital Headline
प्रकाशित मिति : शुक्रबार, बैशाख ४ २०८३
1.1K
SHARES

४ बैशाख काठमाडौँ । अस्पतालमा आइतबार पनि अन्तरङ्ग र आकस्मिक सेवाहरू २४ सै घण्टा सुचारु हुने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै साे कुराकाे जानकारी दिएकाे हाे ।

विज्ञप्तिमा ‘हप्तामा दुई दिन बिदा’को नीति अनुरूप आइतबारका पूर्व निर्धारित शल्यक्रिया लगायतलाई बिरामीको सहजता हेरी रिसेड्युल गरेर अन्तरङ्ग र आकस्मिक सेवा २४ सै घण्टा सुचारु गरिने जनाइएकाे छ ।मन्त्रालयले बिदाका दिनहरूमा बिरामीले कुनै सास्ती भोग्न नपरोस् भनी अस्पतालहरूले सम्भव भएसम्मका सेवा प्रदान गर्न, उपलब्ध नभएका सेवाका लागि नजिकैको उपयुक्त अस्पतालमा सहज रूपमा रेफर गर्न र एम्बुलेन्सहरू तयारी अवस्थामा राख्ने व्यवस्था मिलाउन समेत अस्पतालहरूलाई अनुरोध गरेको छ ।