खैरो हेरोइन सहित ३ जना पक्राउ
Capital Headline
प्रकाशित मिति :
आइतबार, बैशाख ६ २०८३
855
SHARES
६ वैशाख काठमाडौं । लागुऔषध खैरो हेरोइनसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा इलामको देउमाई नगरपालिका–७ का २८ वर्षीय सुजन पाख्रिन, झापा गाउँपालिका–४ का मिन कुमार चाहार र झापाकै शिवसताक्षी नगरपालिका–४ का ४० वर्षीय आशिष भनिने भगवती राई छन् ।
उनीहरुलाई लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पक्राउ गरेको हो । उनीहरूको साथबाट ७९ ग्राम खैरो हेरोइन बरामद भएको ब्युरोका एसएसपी कृष्ण कोइरालाले बताए । उनीहरुविरुद्ध लागुऔषध सम्बन्धीको कसुरमा अनुसन्धान अघि बढाइएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट