लुम्बिनी अस्पतालको प्रमुखमा डा. गौतम


Capital Headline
प्रकाशित मिति : बुधबार, बैशाख ९ २०८३
836
SHARES

८ बैशाख काठमाडौं । लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलको मेडिकल सुपरिटेन्डेन्ट (मेसु) पदमा डा. विष्णु गौतम नियुक्त भएका छन्  ।  प्रदेश सरकारको हिजोको मन्त्रिपरिषद् बैठकले अर्को व्यवस्था नभएसम्मका लागि उनलाई उक्त जिम्मेवारी दिने निर्णय गरेको छ । स्वास्थ्यमन्त्री खेम सारुले अन्तरिम व्यवस्थाका रुपमा डा.गौतमलाई मेसुको जिम्मेवारी दिइएको बताए ।

डा.गौतम स्वास्थ्य सेवाको जनरल हेल्थ सर्भिस जहेस समूह अन्तर्गत ११ तहका वरिष्ठ चिकित्सक हुन् ।  लामो समयदेखि सरकारी स्वास्थ्य सेवामा आबद्ध रहँदै विभिन्न जिम्मेवारी सम्हालेको अनुभवका आधारमा उनलाई मेसुमा नियुक्त गरिएको मन्त्रालयले जनाएको छ । अस्पतालको व्यवस्थापन सुधार, सेवा प्रवाहलाई प्रभावकारी बनाउने तथा स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले राखिएको बताइन्छ ।  लुम्बिनी प्रदेशको सबैभन्दा ठूलो अस्पतालमा दैनिक २ हजार ५ सयदेखि ३ हजार बिरामीले सेवा लिने गरेका छन् । यसअघि मेसुको जिम्मेवारी डा.इन्द्र  ढकालले सम्हाल्दै आएका थिए ।  तर, उनी आफ्नो दरबन्दी रहेको मधेस प्रदेश फर्किएपछि उक्त पद रिक्त भएको थियो ।