४३ हजार अमेरिकी डलरसहित एकजना पक्राउ


Capital Headline
प्रकाशित मिति : सोमबार, जेष्ठ ११ २०८३
532
SHARES

११ जेष्ठ काठमाडौं । प्रहरीले काठमाडौं हुँदै रसुवाको टिमुरे जाँदै गरेको बसबाट अमेरिकी डलरसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको गंगाजमुना गाउँपालिका–५ का ३७ वर्षीय सुशिल गुरुङ छन् ।

रसुवा प्रहरीले वाग्मती प्रदेश ०१–००६ ख ९५१५ नम्बरको बस उत्तरगया–५, बेत्रावती बजारमा चेक गर्दा ४३ हजार अमेरिकी डलरसहित गुरुङलाई सोमबार पक्राउ गरेको हो ।  पक्राउ गरेका गुरुङमाथि थप अनुसन्धान गर्न ललितपुरस्थित राजस्व अनुसन्धान विभाग पठाइएको प्रहरीले जनाएको छ ।