गोली चलाएर नियन्त्रणमा लिइयो दुई भारतीय, लागुऔषध र पेस्तोल बरामद


Capital Headline
प्रकाशित मिति : शुक्रबार, असार २६ २०८३
1.2K
SHARES

२६ असार काठमाडौ । आज रुपन्देहीमा (शुक्रबार)रुपन्देहीमा गोली चलाएर दुई भारतीय र एक जना नेपाली नागरिकलाई नियन्त्रणमा लिइएको छ। रुपन्देही मायादेवी गाउँपालिका-६ बाट उनीहरूलाई लागुऔषध नियन्त्रण ब्युरोको टोलीले पक्राउ गरेको हो।

उनीहरूको साथबाट ब्राउनसुगर ३ सय ग्राम, पेस्तोल १ थान, दुई राउन्ड गोली बरामद गरिएको छ।

एक जना भारतीय नागरिकलाई नियन्त्रणमा लिने क्रममा एक राउन्ड गोली प्रहार भएको ब्युरोका एक अनुसन्धान अधिकृतले जानकारी दिए।

उनका अनुसार ती भारतीय नागरिकको घुँडामुनि गोली लागेको छ। अवस्था भने सामान्य रहेको उनको भनाइ छ