लहानमा गोली हानेर लागुऔषध कारोबारमा संलग्न पक्राउ


Capital Headline
प्रकाशित मिति : शुक्रबार, साउन ८ २०८३
741
SHARES

८ श्रावण काठमाडौं । सिराहामा प्रहरीले गोली हानेर नियन्त्रणमा लिएकामध्ये एकजना कर्तव्य ज्यान मुद्दाका दोषी व्यक्ति भएको खुलेको छ । प्रहरीको लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वरको टोलीले बिहीबार सिराहाको लहानमा गोली हानेर ६ जनालाई पक्राउ गरेको थियो ।

पक्राउ पर्नेहरुमा ५ जना भारतीय नागरिक छन् । उनीहरुले लागूऔषध कारोबार गरेको सूचनाको आधारमा प्रहरीले नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि नै आक्रमणको प्रयास गरेपछि ब्युरोको टोलीले गोली हानेर नियन्त्रणमा लिनुपरेको थियो ।

पक्राउ पर्नेहरुमा भारतीय नागरिक विद्यानन्द यादव, सप्तरीका मोहम्मद नसिर माया, शम्भुप्रसाद यादव, जमाहिर आलम, वैधनाथप्रसाद यादव र कोमो इमामुनिद छन् ।मोहम्मद  नसिर कर्तव्य ज्यान मुद्दाका दोषी ठहर भएर झुम्का काराबार चलान गरिएको र गएको भदौ २३ र २४ को जेनजी प्रदर्शनका क्रममा जेलबाट भागेको खुलेको छ ।

उनलाई २५ वर्ष जेल सजाय तोकिएको खुलेको ब्युरोले जनाएको छ । उनी हाल लागुऔषध कारोबारमा समेत संलग्न रहेको पाइएको हो । उनीहरुको साथबाट प्रहरीले खैरो हेरोइन २४३ ग्राम बरामद गरेको छ । उनीहरुको साथबाट मोबाइल फोन तथा स३प ८१८५ नम्बरको मोटरसाइकल समेत बरामद भएको ब्युरोका डीएसपी जीवन निरौलाले क्यापिटल हेडलाईनलाई जानकारी दिए ।