जबरजस्ती करणी आरोपमा ५५ वर्षीय पुरुष पक्राउ


Capital Headline
प्रकाशित मिति : मंगलबार, साउन १९ २०८३
570
SHARES

१९ साउन काठमाडौं । प्रहरीले १४ वर्षीय बालिकालाई जबर्जस्तीकरण गरेको आरोपमा ५५ वर्षीय पुरुषलाई पक्राउ गरेको छ । सल्यानमा १४ वर्षीया बालिकालाई जबरजस्तीकरणी गरेको अभियोगमा दार्मा गाउँपालिकाका ५५ वर्षीय रूद्रबहादुर चन्दलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

रूद्रले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय दार्माबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।