पत्रकार किशोर श्रेष्ठ पक्राउ


Capital Headline
प्रकाशित मिति : बुधबार, साउन २७ २०८३
969
SHARES

२७ साउन काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक तथा पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको साइबर ब्यूरोले श्रेष्ठलाई ललितपुरस्थित घरनजिकैबाट पक्राउ गरेको हो ।

उनलाई केहीबेरअघि ललितपुरस्थित घरनजिकै बागडोलबाट पक्राउ गरिएको हो । प्रहरीको टोली आएर उनलाई लिएर गएको पारिवारिक स्रोतले  बतायो ।

साइबर ब्यूरोले उनलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको बताइएको छ । उनी विरूद्ध साइबर अपराधसम्बन्धि जाहेरी परेका थिए।